दफा २०
विशेष अवस्थामा जारी गर्ने राहदानी
(१) कुनै नेपाली नागरिकको नाबालक छोरा वा छोरी विदेशमा गई बसेको र निज सोह्र वर्ष उमेर पुगी नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गरिनसकेको अवस्थामा निजले विदेशी मुलुकको नागरिकता नलिएको तथा विदेशी नागरिकता प्राप्तिको लागि निवेदन नदिएको प्रमाण सहित तोकिए बमोजिमका कागजात संलग्न गरी निवेदन दिएमा नियोगले बढीमा दुई वर्षको अवधि रहने गरी एक पटक निजका नाममा साधारण राहदानी जारी गर्न सक्नेछ।
तर काबुबाहिरको परिस्थिति परी निजले नेपाली नागरिकताको प्रमाणपत्र लिन नसकेको कारण खुलाई निवेदन दिएमा नियोगले निजलाई थप दुई वर्षका लागि साधारण राहदानी जारी गर्न सक्नेछ।
(२) उपदफा (१) बमोजिमको अवधिभित्र त्यस्तो राहदानीवाहकले नेपाली नागरिकताको प्रमाणपत्र लिई साधारण राहदानी लिइसक्नु पर्नेछ।